काठमाडौँ- चीनको वुहानबाट विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड—१९) अहिलेसम्म १६२ देशमा फैलिसकेको छ ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई मात्र हरियो सूचीमा राखेको छ । नेपालमा कोरोना देखा परेका बिरामी निको भएको र अन्यमा नेपालीमा देखा नपरेको कारण हरियो सूचीमा राखेको हो ।

कोरोनाका कारण अहिलेसम्म एक लाख ८२ हजार ७६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार १७७ जनाको ज्यान गएको छ भने ९५ हजार सात सय ६ जनाले उपचार गराइरहेका छन् । ७९ हजार ८८४ जना निको भएका छन् । ७९ हजार ८८४ जनामध्ये नेपालमा सङ्क्रमण देखिएका एक जना पनि निको भइसकेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

कोरोनाको तथ्याङ्क दिइरहेको वल्डोमिटरले अहिलेसम्म नेपाललाई मात्र हरियो रङ्ग लगाएको छ । हरियो रङ्गको मतलब ‘अहिलेसम्म कोरोना सङ्क्रमण देखिएका व्यक्ति निको भएको र अरु सङ्क्रमित नभएको’ उल्लेख गरेको छ ।

यसअघि मकाउ, जिब्राल्टार लगायतका देशलाई पनि सूचीमा हरियो रङ्गमा राखिए पनि अहिले कोरोना प्रभावित देशमा नेपाल मात्र नयाँ कोरोना सङ्क्रमित नभेटिएको देश भएको हो ।

कोरोना फैलिएको १६२ देशमा अझै पनि कोही न कोही सङ्क्रमित भेटिएको वा यसअघि सङ्क्रमण भेटिएका व्यक्तिको ज्यान गएको भए पनि नेपालमा दोस्रो व्यक्तिमा सङ्क्रमण देखिएको छैन । एजेन्सी

तपाईको प्रतिक्रिया