पोखरा- कास्कीको पोखरामा एक अमेरिकी नागरिक मृत भेटिएका छन् ।

पोखरा–६, डिहिकोपाटनमा रहेको एउटा होटलमा ७० वर्षीय अमेरिकी नागरिक मार्क स्क्होनेफेल्ड मृत भेटिएका हुन् ।

मृत भेटिएका अमेरिकी नागरिक फागुन २८ गतेदेखि सो होटलमा बस्दै आएका थिए ।

होटल संचालकले प्रहरीलाई खबर गरेपछि मात्र प्रहरीले शव निकालेको थियो । उनको मृत्युु हुनाका कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया