चितवन । चितवनको पर्यटकीय क्षेत्र मानिने सौराहामा आफैँ काम गर्ने होटलमा समान चोरी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
स्याङजा वालिङ घर भई हाल खैरहनी नगरपालिकामा बस्दै आएका वर्ष २२का प्रकाश गुरुङ्गलाई आफैँले काम गर्ने होटलमा समान चोरी गरेको आरोपमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक शेखरकुमार साहले जानकारी दिए ।
होटल सञ्चालकको जाहेरीको आधारमा पक्राउ परेका गुरुङ्गलाई म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरी निरीक्षक साहले बताए ।














