चितवन । चितवनको पर्यटकीय क्षेत्र मानिने सौराहामा विदेशी महिला पर्यटकलाई यौनाङ्ग देखाएको आरोपमा इलाका प्रहरी कार्यालय टाँडीले एक जनालाई पक्राउ गरेको छ ।

सौराहाको सीता सोभिनियर सपमा यही चैत ३ गते कपडा किन्न गएकी बेलायती महिलालाई यौनाङ्ग देखाएको आरोपमा रत्ननगर ६ बछौलीका २१ वर्षीय सुनिल परियारलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक शेखरकुमार साहले जानकारी दिए ।

पक्राउ परेका परियारलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १२२ बमोजिम सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुनेअन्र्गत म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरी निरीक्षक साहले बताए ।

तपाईको प्रतिक्रिया