हेटौँडा । बाग्मती प्रदेशकोे प्रदेशसभाको ५औँ अधिवेशन आजबाट अन्त्य भएको छ । आज बसेको प्रदेशसभाको बैठकमा ‘कोभिड–१९’ सङ्क्रमणको जोखिमको कारण देखाउँदै अधिवेशनको अन्त्य भएकोे हो ।

वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुख विष्णु प्रसाईंले पठाएको पत्र पढेर हिँउँदे अधिवेशन अन्त्य भएको जानकारी दिए । यस अधिवेशन अवधिभर प्रदेशसभाले २५ वटा बैठक बसेर ७ वटा विधेयक एक अध्यादेश पारित गरेको सभामुख श्रेष्ठले बताए । २०७६ पुस–१ गतेदेखि शुरु भएको थियो ।

हिउँदे अधिवेशनको अन्तिम बैठकबाट आज दुईवटा विधेयक पारित भएका छन् । आज बसेको प्रदेशसभाको बैठकले प्रदेश युवापरिषद् गठन गर्ने व्यवस्था गर्न बनेको विधेयक, २०७६ र स्थानीय तहको पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संशोधन गर्न बनेको विधेयक, २०७६ सर्वसम्मतिले पारित भएको हो ।

तपाईको प्रतिक्रिया