काठमाडौँ । विश्वभर फैलिएको ‘कोभिड–१९’ को महामारीले संक्रमण रोक्ने तयारी अनुसार जावलाखेलस्थित सदर चिडियाखाना बन्द गरिने भएको छ । शुक्रबारदेखि सर्वसाधारणले चिडियाखाना अवलोकन गर्न नपाउने भएका हुन् ।

चिडियाखाना व्यवस्थापन प्रमुख डा चिरञ्जीवीप्रसाद पोखरेलले भने, “कोरना भाइरस सङ्क्रमणको डरले बन्द गरिएको हो । हरेक दिन तीन हजार अवलोकनकर्ता यहाँ अवलोकनका लागि आउने गरेका थिए ।” विद्यालयमा वार्षिक परीक्षा सकिएकाले विद्यार्थीको अवलोकनको मुख्य आकर्षण चिडियाखाना रहेकाले बन्द गरिएको उनले बताए ।

अवलोकनको लागि बन्द गरे पनि जीवजनावरको लागि खटिने कर्मचारी भने यहाँ नियमित आउनेछन् । हरेक दिन चिडियाखाना बिहान १० देखि साँझा ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुने गरेको थियो । हाल चिडयाखानासँग साथीको रूपमा सम्बन्ध स्थापित भएका २०० विद्यालयका पाँच हजार विद्यार्थी सहभागी हुँदै आएका छन् ।

तपाईको प्रतिक्रिया