चितवन । मोटरसाइकलका पारखीहरुको लागि बजाज कम्पनीले १२५ सीसीमा समेत पल्सर मोटरसाइकल बजारमा उपलब्ध गराएको छ ।
रत्ननगरको निसास मोटर्सले १२५ सीसीको पल्सर मोटरसाइकल बिहीबारदेखि बिक्री शुभारम्भ गरेको हो ।

रत्ननगर नगरपालिका वडा नं १० का वडाध्यक्ष केशव आचार्य र निसास मोटर्सका सञ्चालक सञ्जीव थापाले १२५ सीसीको मोटरसाइकलको बिक्री शुभारम्भ गरेका हुन् । फोर स्ट्रक इन्जिनमा उपलब्ध १२५ सीसीको पल्सरले प्रतिलिटर पेट्रोलले ५५ किलोमिटर माइलेज दिने सञ्चालक थापाले बताए ।

मोटरसाइकलमा १२ लिटरको पेट्रोल ट्याङ्की रहेको छ । १४० किलो तौल भएको मोटरसाइकलको अगाडि डिस्क ब्रेक जडान भएको थापाले बताए । मोटरसाइकलमा एन्टी स्कीड ब्रेक सिस्टम भएकाले पछाडिको ब्रेक लगाउँदा अगाडिको ब्रेक आफैँ लाग्ने थापाको भनाइ छ ।

सञ्चालक थापाले मोटरसाइकलको इन्जिन क्षमता ११ं८ हर्सपावर रहेको उल्लेख गर्दै राम्रो पिकअप दिने बताए । मोटरसाइकलमा पाँच गियर क्षमता रहेकाले पाँचौँ गियरमा आरामदायी यात्रा गर्न सकिने उनको भनाइ छ । कम्पनीले मोटरसाइकलको खरिदमा विभिन्न उपहार योजनासमेत ल्याएको छ ।

मोटरसाइकलको खरिदमा नगद १० हजार छूटको व्यवस्था गरिएको छ । त्यस्तै, बजाज कम्पनीका जुनसुकै मोटरसाइकलको खरिदमा हरेक दिन लक्की ड्रमार्फत सामसुङ कम्पनीको एलसीडी टीभी, वासिङ मेसिन, मोबाइललगायतका उपहारहरु प्रदान गरिने थापाले बताए ।

तपाईको प्रतिक्रिया