चितवन । इलाका प्रहरी कार्यालय टाँडी, चितवनले सरकारबाट प्रतिबन्धित नेकपा विप्लव समूहका विद्यार्थी नेतालाई रत्ननगर क्षेत्रबाट पक्राउ गरेको छ ।

विप्लव समूहका अखिल क्रान्तिकारीका विद्यार्थी जिल्ला नेता तथा रत्ननगर संयोजक २२ वर्षीय प्रवीण आचार्य (आक्रोश)लाई गत ५ गते पक्राउ गरेको जनाएको छ ।

उनको साथबाट विभिन्न पर्चा, पम्प्लेटलगायतका सामग्रीहरु पनि बरामद गरेको प्रहरीको भनाइ छ ।

साथै, टाँँडी प्रहरीले विप्लव समूहका नेता गन्जसिंं गुरुङलाई पनि यसअगाडि नै पक्राउ गरेको जनाएको छ । उनीहरुको बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया