चितवन । देशभर कोरोनाको त्रासले जनजीवन प्रभावित भइरहेको अवस्थामा शनिबार मानिसहरु भेला भई म्यारिज खेलिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले तीन बुक तास र एक लाख चार हजार ६०० रुपैयाँसहित म्यारिज खेलिरहेका पाँच युवालाई पक्राउ गरेको छ ।

रत्ननगर १३ स्थित श्रीभक्त घिमिरेको खाली गोठमा म्यारिज खेलिरहेका रत्ननगर २ का ४२ वर्षीय रुपेश भट्ट, रत्ननगर १३ का ३७ वर्षीय तेजबहादुर खत्री, ४१ वर्षीय इन्द्रबहादुर भण्डारी, ४१ वर्षीय मोहन सुवेदी र २८ वर्षीय राजीव पाठकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

निजहरुलाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया