काठमाडौँ । विश्वव्यापीरुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण मंगलबार बिहानसम्म १९५ देशमा विस्तार भइसकेको छ । चीनको वुहान सहर हुँदै युरोप र अमेरिकामा यसको प्रकोप उच्च गतिमा बढेको छ । एकै दिन विश्वभर ४१ हजार ३५३ व्यक्ति संक्रमित भएका छन् भने १८६९ को मृत्यु भएको छ ।

विश्वभर यस महामारीबाट १६ हजार ५२४ जनाको मृत्यु भएको छ । कोरोनाको संक्रमणबाट हालसम्म ३ लाख ७९ हजार ८० व्यक्ति प्रभावित भएकोमा १ लाख २ हजार ४२३ जना निको भई घर फकिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अझै विश्वभर २ लाख ६० हजार १३३ जना बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये १२ हजार ६२ को अवस्था जटिल रहेको छ ।

चीनमा हालसम्म ८१ हजार १७१ व्यक्ति यो भाइरसबाट संक्रमित भएकोमा ज्यान गुमाउनेको संख्या ३२७७ पुगेको छ । चीनमा यस महामारी नियन्त्रणतर्फ उन्मुख भएको छ । चीनमा ७३ हजार १५९ जना उपचारपश्चात् घर फर्किसकेका छन् । अब जम्मा संक्रमित द्धठघछ जनाको उपचार जारी छ । जसमध्ये १५७३ को अवस्था गम्भीर छ ।

इटालीमा कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलिएको छ । हालसम्म ६३ हजार ९२७ जना संक्रमित भएकोमा ६०७७ जनाको ज्यान गएको छ । इटालीमा एकै दिन ६०१ जनाको मृत्यु भएको छ । ४७८९ जना नयाँ संक्रमित थपिएका छन् ।

इटाली पछि अमेरिकामा कोरोना भाइरसको संक्रमण उच्च छ । अमेरिकामा ४३ हजार ७३४ व्यक्ति संक्रमित भएकोमा ५५३ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा एकै दिन १४० जनाको ज्यान गएको छ भने १० हजार १६८ जना नयाँ संक्रमित थपिएका छन् ।

स्पेनमा ३५ हजार १३६ व्यक्ति संक्रमित छन् भने हालसम्म २३११ जनाले ज्यान गुमाएका छन् । नयाँ संक्रमितमात्रै ६३३८ पुगेको छ । स्पेनमा एकै दिन ५३९ जनाले ज्यान गुमाएका छन् ।

यस्तै, जर्मनीमा २९ हजार ५६ संक्रमित छन् भने १२३ जनाको मृत्यु भएको छ । जर्मनीमा ४१८३ नयाँ संक्रमित थपिएका छन् । नयाँ मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

इरानमा २३ हजार ५९ जना संक्रमित भएकोमा १८१२ जनाले ज्यान गुमाएका छन् । नयाँ संक्रमित १३४७ छन् । इरानमा सोमबार १२७ जनाले ज्यान गुमाएका छन् ।

फ्रान्समा १९ हजार ८५६ जना प्रभावित रहेकोमा ८६० जनाले ज्यान गुमाएका छन् । दक्षिण कोरियामा ८९६१ जना कोरोनाबाट प्रभावित छन् भने १११ जनाको मृत्यु भएको छ । नयाँ संक्रमित ६४ छन् भने सोमबार थप ७ जनाको मृत्यु भएको छ ।

स्वीट्जरल्याण्डमा ८७९५ संक्रमित छन् भने १२० जनाको ज्यान गएको छ । १३२१ नयाँ संक्रमित थपिएका छन् । सोमबार २२ जनाको ज्यान गएको छ ।

यसैगरी, युकेमा ६६५० व्यक्ति संक्रमित भएकोमा ३३५ जनाको मृत्यु भएको छ । सोमबार ५४ जनाको ज्यान गएको छ । नेदरल्याण्ड्समा ४७४९ संक्रमित भएकोमा २१३ जनाको मृत्यु भएको छ । सोमबार थप ३४ जनाको मृत्यु भएको छ ।

अस्ट्रियामा ४४७४ संक्रमित भएकोमा २१ जनाको ज्यान गएको छ । बेल्जियममा ३७४३ संक्रमित भएकोमा ८८ जनाको मृत्यु भएको छ । यस्तै, जापानमा ११२८ संक्रमित छन् भने ४२ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

नेपालमा पनि एक व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ । फ्रान्स हुँदै कतारबाट नेपाल आएकी १९ वर्षीया युवतीमा संक्रमण देखिएपछि सरकारले मंगलबार बिहान ६ बजेदेखि एक सातासम्म देशका ७७ वटै जिल्लामा लकडाउन गरेको छ । लकडाउनको निर्णयसँगै अब सरकारको निर्देशन अटेर गर्नेलाई एक महिनासम्म कैद सजाय हुने चेतावनीसमेत दिएको छ ।

एजेन्सीहरुको सहयोगमा

तपाईको प्रतिक्रिया