चितवन । भरतपुर महानगर ७ स्थित विकासचोकस्थित भित्रि सडकखण्डमा सोमबार बेलुकी ८ः३० बजे मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

चौबिसकोठीदेखि गीतानगरतर्फ जाँदै गरेको प्रदेश नं ३-०३-००३ प १६३४ नम्बरको मोटरसाइकलले सोही ठाउँ निवासी ४२ वर्षीय बुद्धिराज सापकोटालाई ठक्कर दिँदा गम्भीर घाइते भई उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा ८ः४५ मा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा मध्यम घाइते भएका मोटरसाइकल चालक भरतपुर १४ सुन्दरबस्ती बस्ने २१ वर्षीय सविन आचार्यको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया