चितवन । भरतपुर-१०, त्रिचोकस्थित भित्रि सडकखण्डमा नम्बर नखुलेको सिल्भर रंगको स्कार्पियोको ठक्करबाट सोमबार बेलुकी ८ः४५ बजेको समयमा धादिङ घर भई हाल भरतपुर १० बस्दै आएका ४० वर्षीय साजन तामाङ मृत्यु भएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका तामाङको भरतपुर अस्पतालमा उपचारका क्रममा ९ बजे मृत्यु भएको हो ।

स्कार्पियोसहित ठक्कर दिई फरार रहेका चालकको खोजी कार्य भइरहेको छ । प्रहरी निरीक्षकसहित ७ जनाको टोलीले खोज तलास कार्य जारी राखेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया