चितवन । चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक युवकको मंगलबार बिहान ७ बजे मृत्यु भएको छ ।
वीरगञ्जका ३० वर्षीय युवकलाई उच्च ज्वरो र रुघाखोकीले ग्रसित भएपछि कोरोनाको आशंकामा अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो । केही दिनअघि चितवन मेडिकल कलेजबाट रिफर भई कोरोना विशेष अस्पतालमा पठाइएको थियो ।
यद्यपि, उनको मृत्यु कोरोना संक्रमणबाट भए/नभएकोबारे रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ । ती युवकको स्वाबको नमुना संकलन गरी मंगलबार बिहानमात्रै काठमाडौँस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।
रिपोर्ट आएपछि कोरोना भाइरस भए/नभएको पुष्टि हुनेछ ।











