चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले कोरोना भाइरसको रोकथामका लागि सरकारले आह्वान गरेको एकसाता लकडाउनको निर्देशन अटेरी गर्ने सात जनालाई कारबाही गरेको छ ।

सहायक प्रजिअ नेत्रप्रसाद शर्माका अनुसार लकडाउन उल्लंघन गर्नेहरुलाई स्थानीय प्रशासन ऐन २०२८ बमोजिम जनही एक हजार रुपैयाँ जरिवाना गरी छाडिएको बताए ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जनस्वास्थ्यजस्तो अत्यन्त संवेदनशील विषयमा सबै नागरिकले एक हप्तासम्म संयमता अपनाउन अनुरोध गरेका छन् ।

प्रशासनले कसैलाई पनि कारबाही गर्नु नपर्ने परिस्थितिको अपेक्षा गरिएको बताउँदै उनले लकडाउनको अनुरोध स्वीकार गरी घरघरमा बस्ने सबै चितवनवासीप्रति आभार व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया