
काठमाडौँ । अमेरिकामा एक नेपालीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
नेपालको पाँचथर रानीगाउँ ४ घर भई अमेरिकाको न्यूयोर्कमा बसोवास गर्दै आएका ५० वर्षीय अनिल (लीला) लिम्बूको सोमबार कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । उनी सुगर र प्रेसर रोगी थिए ।
दुई छोरा, एक छोरी र श्रीमतीसहित १५ वर्षअघिदेखि न्यूयोर्क बस्दै आएका उनले होटल तथा ट्याक्सी व्यवसाय चलाउँदै आएका थिए ।
अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो । उनी केही दिनअघिमात्रै अस्पताल भर्ना भएका थिए ।