
भरतपुर । भरतपुर अस्पतालमा रहेको आउट ब्रेक म्यानेजमेन्ट कमिटीको बैठकले बिभिन्न १० वटा उपसमिति गठन गरेको छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीको अध्यक्षतामा बसेको बैठकले कोरोना संक्रमण नियन्त्रण तथा रोकथामसम्बन्धी आगामी पूर्बाधार तयार गर्न ती उपसमिति गठन गरिएको हो ।
डा. प्रकाश खतिवडाको संयोजकत्वमा पूर्वाधार तयारी उपसमिति, डा. कल्याण सापकोटाको संयोजकत्वमा कर्मचारी व्यवस्थापन समिति, शान्ता भण्डारीको संयोजकत्वमा सुचना संकलन उपसमिति, जमिर अलि सेखको संयोजकत्वमा सुरक्षा तथा शव व्यवस्थापन, रामहरि ढकालको संयोजकत्वमा स्वयंसेवक परिचान समिति गठन गरिएको छ ।
यस्तै, कृष्णप्रसाद गौतमको संयोजकत्वमा खाद्य व्यवस्थापन, लीलाधर पौडेलको संयोजकत्वमा सूचना तथा सञ्चार, नारायणप्रसाद सापकोटाको संयोजकत्वमा यातायात व्यवस्थापन र ई. चन्द्रमणि बसेलको संयोजकत्वमा आइटी व्यवस्थापन उपसमिति गठन गरिएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।