नवलपरासी । नवलपरासीको सरावल गाउँपालिका ४ ललितपुरस्थित भित्री सडकखण्डमा यूपी १६ एच ७५७१ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा उक्त मोटरसााइकलमा सवार बर्दघाट १३ भटौलिया बस्ने वर्ष ५९ को सुरेन्द्र चमारको साथबाट भारीमात्रामा लागूऔषध बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार निज चमारको साथबाट स्पास्मो ५७६ ट्याब्लेट, नाइटोभेट १० ६०० ट्याब्लेट, ओनरेक्स (१०० एमएल) ७० बोतल फेला परेको हो ।

निजलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई आवश्यक कारबाही बढाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया