धनगढी । नेपालमा कोराना भाइरस (कोभिड–१९) को सङ्क्रमण थप एक जनामा भेटिएको छ ।

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका ३४ वर्षीय पुरुषमा आज कोरोना सङ्क्रमण भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

सङ्क्रमित व्यक्ति दुबईबाट आएर यही चैत ११ उक्त अस्पतालमा भर्ना भएका थिए ।

योसँगै नेपालमा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या चार पुगेको छ । यसअघि चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएकोमा उपचारपछि निको भइसकेका छन् ।

केही दिनअघि फ्रान्सबाट कतार हुँदै आएकी एक युवती र युएईबाट आएका अर्का एक युवामा पनि कोरोना संक्रमण भएको पाइएको छ। उनीहरू दुवै जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया