-रवि रोषी
चितवन- रत्ननगर-१० का ७ घर चेपाङ परिवारलाई आज खाद्यान्न वितरण वितरण गरिएको छ ।
विश्वलाई नै आतंकित बनाएको कोरोना भाइरसको संक्रमण र संत्रासले ग्रस्त नेपालमा पनि लकडाउन जारी गरिएपछि दैनिक कामकाजमा जान नपाएका अतिविपन्न सीमान्तकृत चेपाङ परिवारलाई गामबेसी चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपि किरण शर्माले आज बिहानै सोही वडाका टोल विकास संस्थाका अध्यक्ष एक बहादुर जिसी, चेपाङ संरक्षण केन्द्रका सल्लाहकार ज्ञानेन्द्र पाण्डे तथा स्थानीयवासीको उपस्थितिमा ७ बोरा चामल, १४ पोका तेल तथा एक एक क्रेट अण्डा वितरण गरिएको हो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै चेपाङ केन्द्रमा आश्रय लिएर पढ्दै आएका चेपाङ विद्यार्थी हेम कुमार चेपाङले हाम्रा लागि दानदाताहरुबाट आएको खाद्यान्न अभावमा फसेका अर्को चेपाङ जातिलाई प्रदान गर्न पाउँदा खुशी लागेको बताए ।

तपाईको प्रतिक्रिया