चितवन । कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने सवारी साधन तथा मानिसहरुलाई जिल्ला प्रहरी कार्यालय चितवन तथा मातहतका प्रहरीले विभिन्न स्थानबाट आज नियन्त्रणमा लिएको छ ।
शनिबार बेलुकी ७ बजेसम्म ४३ वटा मोटरसाइकल, तीन स्कुटी, एक कार र १२ साइकल नियन्त्रणमा लिइएको हो ।
यस्तै, प्रहरीले पाँच महिलासहित ९८ जनाले लकडाउन उल्लंघन गरेको आरोपमा पक्राउ गरी अति आवश्यक कामबाहेक बाहिर नहिँड्ने शर्तमा छाडिएको प्रहरीले जनाएको छ ।