चितवन । लायन्स क्लबले चितवन र नवलपुरका सहकारी अस्पताल र स्वास्थ्यचौकीहरुलाई पिपिई र सेनिटाइजर सहयोग गरेको छ ।
लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक ३२५ बी २ नेपालले रत्ननगर अस्पताल, पिठुवामा रहेको अस्थायी कोरोना आइसोलेसन केन्द्र, कालिका स्वास्थ्यचौकी, इच्छाकामना स्वास्थ्यचौकी र नवलपुरको कावासोती अस्पताललाई पिपिई र सेनिटाइजर प्रदान गरिएको लायन्स क्लबका एरिया ३ का चिफ प्रकाशचन्द्र भट्टराईले जानकारी दिए ।
लायन्स क्लबका द्वितीय भाइस डिष्ट्रिक गर्भनर रामप्रसाद भट्टले रत्ननगर अस्पताललाई २ वटा पिपिए र अस्थायी कोरोना आइसोलेसन केन्द्रका लागि ३ वटा पिपिई रत्ननगरका मेयर नारायण वनलाई हस्तान्तरण गरेका थिए ।
त्यसैगरी कालिका स्वास्थ्यचौकी, इच्छाकामना स्वास्थ्यचौकी र नवलपुरको कावासोती अस्पताललाई पिपिई र सेनिटाइजर हस्तान्तरण गरिएको एरिया ३ का चिफ प्रकाशचन्द्र भट्टराईले जानकारी दिए ।












