चितवन । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने सवारी साधन तथा मानिसहरुलाई इलाका प्रहरी कार्यालय रत्ननगरले विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ ।

आइतबार बिहानसम्म एक महिलासहित ४९ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई बेलुकीसम्म होल्डमा राखिने प्रहरीले जनाएको छ । आइतबार १२ वटा साइकल, एक स्कुटरलाई नियन्त्रणमा लिइएको थियो ।

यस्तै, चितवन प्रहरीले शनिबार पाँच महिलासहित ९८ जनालाई लकडाउन उल्लंघन गरेको आरोपमा पक्राउ गरी अतिआवश्यक कामबाहेक बाहिर नहिँड्ने शर्तमा छाडेको थियो ।

तपाईको प्रतिक्रिया