काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथामका लागि नेपालमा थप एक साता ‘लकडाउन’ गर्न ‘कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरकारलाई सिफारिस गरेको छ ।
जारी लकडाउनको समय सकिनै लाग्दा भाइरसको संक्रमण फैलिने क्रम नरोकिएपछि समितिको आज बसेको बैठकले थप ८ दिन लकडाउन बढाउनुपर्ने निष्कर्ष निकाल्दै सरकारलाई सिफारिस गरेको हो ।
आजै बस्ने मन्त्री परिषदको बैठकले उक्त सिफारिसलाई अनुमोदन गरेमा लकडाउन चैत २५ गतेसम्म लम्बिनेछ ।
सरकारले नेपालमा कोरोना भाइरसको प्रकोप रोक्न भन्दै चैत १० गते सोमबार साँझ बैठक बसेर चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गरी देशभर लकडाउन गरेको थियो ।
सरकारले निर्माण क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने र अति विपन्नलाई केही राहत प्याकेज घोषणा गर्ने पनि तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया