बाँके । फ्रान्सबाट कतार हुँदै आएकी कोरोना भाइरस सङ्क्रमित युवतीसँगै बाँके आएका तीन जनाको नमुना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा राखिएका उनीहरुसहित छ जनाको नमूना परीक्षणको लागि काठमाडौँ पठाइएकोमा नेगेटिभ रिपोर्ट आएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा संयोजक रामबहादुर चन्दले जानकारी दिए ।

यसअघि पहिलो चरणमा सात जनाको नमुना जाँच गर्न पठाइएकामा ती नमुना पनि नेगेटिभ नै आएको चन्दले बताए । बाँकेमा कोरोना भाइरसको आशका गरिएका २३ मध्ये दुई चरणमा गरी १३ को रिपोर्ट नेगेटिभ आएको र १० जनाको रिपोर्ट आउन बाँकी रहेको उनले जानकारी दिए ।

चन्दका अनुसार तेस्रो चरणमा शनिबार थप १० जनाको नमुना परीक्षणका लागि काठमाडौँ पठाइएको छ । रासस

 

तपाईको प्रतिक्रिया