चितवन । कोरोना भाइरसको रोकथामको लागि सरकारले देशैभर लागू गरेको लकडाउन उल्लंघन गर्ने मानिस तथा सवारीलाई आज पनि चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्ममा दुई महिलासहित ७४ जना पक्राउ गरी होल्ड कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । लकडाउन अवधिभर अटेरी गरी नहिँड्ने शर्तमा निजहरुलाई छाडिएको थियो ।

यस्तै, लकडाउन उल्लंघन गर्ने एउटा कार, १८ मोटरसाइकल, १२ स्कुटी तथा २० थान साइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया