चितवन । भरतपुर महानगर ४ लंकूस्थित धारापानी चोक नजिकै रहेको सरस फुड इन्डस्ट्रिजमा मंगलबार बिहान आगलागी भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान करिब पौने ५ बजेबाट विद्युत् सर्ट भएर आगलागी भएको हो । आगो नियन्त्रणका लागि पाँचवटा दमकलको प्रयोग गरिएको छ ।

आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरीबल, नेपाल प्रहरीसमेत खटिएका छन् । इन्डस्ट्रिजका सञ्चालक रेखा अग्रवालले आगलागीबाट कुनै मानवीय क्षति नभएको बताएकी छन् ।

अग्रवालले उद्योगमा करोडौँको क्षति भएको दाबी गरे पनि क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया