चितवन । कोरोनाको संक्रमण रोक्न सरकारले लागू गरेको लकडाउनको समयसीमा बढेर जाँदै गर्दा विपन्न परिवारलाई यो अवधिले चोट दिइरहेको छ ।

दिनभर ज्याला मजदुरी गरी घरको चुल्हो बल्ने परिवारलाई यत्तिबेला अभावले संक्रमित गर्न थालिसकेको छ । सरकार, स्थानीय सरकारलगायत यो समस्या हल गर्न नीति निर्देशन तयार गर्दै गर्दा रत्ननगर-१० अवस्थित श्रेष्ठ जिम सेन्टरले सामाजिक उत्तरदायित्व वहन गर्दै यस्तै तीन विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।

रत्ननगर १ डेरा गरी बस्ने उमादेवी पटेरको ४ जनाको परिवार, रत्ननगर १ डेरा गरी बस्ने अनिशा राईको ५ जनाको परिवार र रत्ननगर १० डेरा गरी बस्ने रामचन्द्र चौधरीको २ जनाको परिवारलाई १५ केजीका दरले चामल, एक/एक केजी दाल, चिनी, सोया मस्यौरा, चियापत्ती, तेल, आलु, मसला, बेसार, नुन, नुहाउने लुगाधुने साबुन वितरण गरिएको हो ।

तपाईको प्रतिक्रिया