चितवन । माडी नगरपालिका वडा नं १ स्थित अम्बाबाँसमा आफ्नै बारीको मकै गोड्ने क्रममा बँदेलको आक्रमणबाट दुई जना गम्भीर घाइते भएका छन् ।

मंगलबार बिहान पौने ९ बजेको समयमा मकै गोड्दै गरेको अवस्थामा जंगलबाट एक्कासि निस्किएको बँदेलले ५० वर्षीय पूर्णबहादुर विक र २६ वर्षीया २६ वर्षीया निन थापा मगरलाई आक्रमण गरेको थियो ।

गम्भीर घाइते दुवै जनालाई उपचारका लागि भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।

तपाईको प्रतिक्रिया