चितवन । कोरोना भाइरस (काभिड–१९) को सम्भावित जोखिम हुन नदिन भरतपुर महानगरपालिकाले आफ्नो महानगरभित्र भारतलगायत अन्य देशमा वैदेशिक रोजगारबाट फर्किएकाको तथ्यांक संकलन गरेको छ ।

महानगरका २९ वटै वडामा सो तथ्यांक सङकलन गरिएको महानगर प्रमुख रेनु दाहालका स्वकीय सचिव गोपाल न्यौपानेले जानकारी दिए । उनका अनुसार १५ दिन अघिदेखि महानगरमा आएकाको तथ्यांक लिइएको हो ।

उनीहरुलाई घरमा नै क्वारेन्टाइनमा बस्न र केही स्वास्थ्य समस्या आइपरेमा तत्काल अस्पतालमा जान आग्रह गरिएको न्यौपानले जानकारी दिए । यसका लागि महानगरपालिकाको समन्वयमा कोरोना अस्थायी अस्पतालसमेत सञ्चालनमा ल्याइएको छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीका अनुसार सो अवधिमा २६५ जना महानगरलिकाभित्र आएका थिए । तीमध्ये सबैभन्दा धेरै १०५ जना भारतबाट स्वेदेश आएका महानगरको तथ्यांकले देखाएको छ ।

भारत पछि दुबई ३४, कतार २४, अष्ट्रेलिया १४, साउदी अरब ९ जना रहेका छन् । अन्य देशबाट समेत फर्किएका जनाइएको छ । वडा नं २१ मा सबैभन्दा धेरै ३१, वडा न १६ मा २६, वडा न २४ मा १७ जना वडा न ५ मा १४ जना वैदेशिक रोजगारबाट फर्किएका रहेका छन । अन्य वडामा पनि सोही अनुपातमा विदेशबाट नेपाल फर्किएका रहेका छन् ।

तपाईको प्रतिक्रिया