चितवन । कोरोनाको संक्रमण रोक्न सरकारले लागू गरेको लकडाउनको समयसीमा बढेर जाँदै गर्दा विपन्न परिवारलाई यो अवधिले पीडा दिइरहेको छ । पीडामा रुमलिएका दिनभर ज्याला मजदूरी गरी घरको चुल्हो बाल्ने परिवारलाई यति बेला अभावले सताउन थालिसकेको छ ।
स्थानीय सरकारले समस्या हल गर्न नीति निर्देशन तयार गर्दै गर्दा सामाजिक उत्तरदायित्त्व वहन गर्दै आज रत्ननगर नगरपालिका वडा नम्बर १२ र १३ का अति विपन्न ३५ घर परिवारलाई चामल, दाल, नुन, नुहाउने साबुनलगायत राहत सामग्री वितरण गरिएको छ ।विपन्नलाई जीविकोपार्जनमा समस्या भएपछि चितवनको रत्ननगरमा युवाहरुले ज्याला मजदुरी गरेर जीवन चलाउनेहरुलाई राहत वितरण गर्न थालेका छन् । युवाहरुले ज्याला मजदुरीमार्फत जीविकोपार्जन गर्नेहरुको पहिचान गरेर राहत वितरण गरिरहेको समाजसेवी तथा नेपाली कांग्रेसका युवा परिचालन संयोजक प्रल्हाद सापकोटाले जानकारी दिए । सातौँ दिन रत्ननगर ३ का १० घरपरिवारलाई सहयोग गरेका युवाले आठौँ दिन ३५ घरपरिवारलाई सहयोग गरिएको हो । नेपाली कांग्रेस महासमिति सदस्य कृष्ण सुवेदी तथा डा राम श्रेष्ठको विशेष सहयोगमा वडा नं १३ का वडाध्यक्ष चित्रबहादुर भण्डारीको उपस्थितिमा नेका जिल्ला प्रवक्ता नीता ढकाल जिल्ला सदस्य तथा युवा परिचालन संयोजक प्रल्हाद सापकोटा, नेका महाधिवेशन प्रतिनिधि सञ्जय लामा, क्षेत्र नं १ प्रदेश सभापति सुजन थापा प्रजातान्त्रिक विचार समाज चितवनका सचिव सुरेशचन्द्र आचार्यलगायतले राहत सामग्री वितरण गरेका हुन् । यसैगरी, तरुण दलका विभागीय सहसंयोजक दीपक पौडेल, युवा व्यवसायी नवराज तिमिल्सिना, तरुण दल नगर सभापति राजु लामा, सौगात भुजेल, सुजन क्षेत्री, मनोज गुरुङ गोविन्द स्याङ्तान, स्काइराइडर आवासीय विद्यालयका शिक्षक शिव पुरीलगायतका युवाले राहत सामग्री वितरण गरेका हुन् । ती युवाहरुले सोमबार र मंगलबार गरी ४५ घरलाई राहत वितरण गरेको र आगामी दिनमा समेत ज्याला मजदुरी गर जीवन चलाउनेलाई आवश्यक सहयोग गर्दै जाने युवाहरुले बताए ।

तपाईको प्रतिक्रिया