माडी, चितवन । विश्वव्यापीरुपमा फैलिएको कोभिड १९ को महामारीका कारण सरकारले भयावह स्थितिबाट बच्न लकडाउनको घोषणा गरेपछि काम गरेर खाने मजदुरहरुलाई समस्या परेको छ ।
खाद्यान्नको अभावका कारण पीडामा रहेको भन्दै आज माडी नगरपालिका ५ पौबारीमा रहेका करिब ३० घरपरिवारलाई वसन्तपुर बजारस्थित पदम हार्डवयर पसलका प्रोपाइटर पदम पन्तको सहयोगमा प्रतिपरिवार एकएक क्रेट अण्डा प्रदान गरिएको हो ।
सहयोग कार्यक्रममा माडीका स्थानीय युवा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।











