चितवन । कोरोना भाइरस (कोभिड–१९) को रोकथामको लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने सवारी साधन एवं मानिसहरुलाई मंगलबार पनि विभिन्न स्थानमा होल्डमा राखिएको छ ।
चितवन प्रहरीले बिहान ७ बजेदेखि बेलुकी ७ः३० बजेसम्म चार महिलासहित १२१ जनालाई नियन्त्रणमा लिई होल्ड कारबाही गरी ८ः१५ बजेपश्चात् अतिआवश्यकबाहेक घर बाहिर नहिँड्ने शर्तमा छाडेको हो ।
यस्तै, जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयबाट लकडाउन उल्लंघन गरी चलाउने दुई कार, ३९ मोटरसाइकल, १९ स्कुटर, एक अटो र सात साइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।











