चितवन । गरिमा विकास बैंक लिमिटेडले विश्वव्यापीरुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को नियन्त्रण तथा उपचार अभियानका लागि ३५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको प्रभाव रोकथाम गर्ने उद्देश्यले सरकारले देशभर बन्दाबन्दी (लकडाउन) घोषणा गरेको र जनताबाट पूर्ण समर्थन रहेको उल्लेख गरेका छन् ।

लकडाउनका कारण दैनिक उपभोग्य वस्तुको जोहो गर्न धौधौ परिरहेको समुदायलाई खानाको व्यवस्था गर्न तथा क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको व्यवस्थापन मिलाउन राज्यलाई नै कठिन भइरहेको संवेदनशील घडीमा गरिमा विकास बैंकले सातै प्रदेशका सरकारमार्फत राहत वितरणका लागि पाँचपाँच लाखका दरले कुल ३५ लाख रुपैयाँ प्रदेश सरकारको राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको सिइओ ढकालले विज्ञप्तिमार्फत जनाएका छन् ।

तपाईको प्रतिक्रिया