चितवन । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने सवारी साधन एवं मानिसहरूलाई जिल्ला प्रहरी कार्यालयले होल्डमा राखी कारबाही गरेको छ ।

आज बिहान ७ बजेदेखि साँझ ८ बजेसम्म लकडाउन उल्लघंन गर्ने मानिस र सवारीलाई नियन्त्रणमा लिएर साँझ ८ः३० बजे क्रमैसँग छाडिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार लकडाउन उल्लंघन गर्ने पाँच महिलासहित ११५ जनालाई नियन्त्रणमा लिइएको हो ।

लकडाउन उल्लंघन गर्ने सवारी साधनतर्फ ७४ मोटरसाइकल, ३० स्कुटर, ५ बोलेरो, एक अटो, ३ कार, ३ बस, ८ साइकल र माइक्रो र स्कार्पियो दुई÷दुई वटालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

लकडाउनको समयावधि बेपछि मानिसहरु साँझको समयमा हावा खान र तरकारी किन्ने बहानामा घर बाहिर निस्किन थालेपछि बेलुकीको समयमा कडाइ गर्न लागिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया