चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले ‘लकडाउन’को समयमा वितरण गर्दै आएको सबै पास वितरण रोकेको छ ।

सरकारले लगाएको लकडाउनलाई थप कडाई र प्रभावकारी गराउनको लागि विशेष काम परेकाहरुलाई प्रदान गरिँदै आएको सवारी पास जारी गर्न बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बुधबार दिउँसोबाट नयाँ सवारी पास दिन बन्द गरिएको र यसअघि जारी गरिएको सवारी पाससमेत खारेज गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

अत्यावश्यक सेवाका सवारीसाधन संचालनमा कुनै अवरोध नहुने र उनीहरुलाई पास आवश्यक नपर्ने भन्दै त्यस बाहेकलाई कडाई गरिने जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी ईश्वर सिंखडाले बताएका छन् ।

तपाईको प्रतिक्रिया