चितवन । कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने ११८ सवारी साधनसहित १०३ जना व्यक्तिलाई कारबाही गरिएको छ ।

आज लकडाउनको १०औँ दिन चितवनमा लकडाउन उल्लंघन गर्ने चार महिलासहित १०३ जनालाई दुई घन्टा होल्ड गराएर सचेत गराई छाडिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

त्यस्तै, लकडाउनको उल्लंघन गर्ने एउटा कार, दुई बलेरो, १५ मोटरसाइकल, १८ स्कुटर र १२ साइकललाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

लकडाउनको अवधिभर अटेरी गरी घर बाहिर ननिस्कने शर्तमा साँझ ८ बजेपछि मात्रै उनीहरुलाई मातहतका प्रहरी कार्यालयहरुबाट छाडिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए ।

तपाईको प्रतिक्रिया