विपिन शर्मा आचार्य
चितवन । फर्क फर्क हे ! जाऊ समाऊ,
मानिसहरूको पाउ !
मलम लगाऊ आर्तहरूको,
चहराइरहेको घाउ
मानिस भई ईश्वरको यो
दिव्य मुहार हँसाऊ
कुन मन्दिरमा जान्छौ यात्री…

महाकवी लक्ष्मीप्रसाद देवकोटाले भनेजस्तै सधैँ अभावमा बाँचेकालाई यो समय विषम परिस्थितिको रुपमा गुज्रँदै छ । लकडाउन तर निर्विकल्प उपाय हो मानव जातिको रक्षाको लागि, त्यसैले यो अभाव र कष्टलाई कसरी कम सुखीमा बदल्ने भन्ने चिन्ता एउटा मानवताले भरिएको हृदयमा हमेसा खड्किरहेको हुन्छ ।

त्यही अभाव र पीडामा बाँचिरहेकाको मनमा मलम लगाउन सहयोगी हात अगाडि बढाएका छन् रत्ननगर १० बस्ने समाजसेवी मनका धनी ओम भुषालले । उनले अभाव झेलिरहेका केही परिवारको मुहारमा मुस्कान छर्न प्रयत्न गरेका छन् ।

उनले रत्ननगर १ बस्ने आइत लामा, रत्ननगर १० डेरा गरी बस्ने मनोज शर्माको ४ जनाको परिवार, पूजा सुनारको २ जनाको परिवार, ठूली लामाको ४ जनाको परिवार र इन्दिरा बस्नेतको ३ जनाको परिवारलाई राहत प्रदान गरेका हुन् ।

प्रतिपरिवार जनही चामल १५ किलो, दाल एक केजी, चिनी एकदुई केजी, सोया मस्यौरा १ पोका, चियापत्ती १ पोका, तेल १र२ लिटर, आलु २ केजी, मसला १ प्याकेट, बेसार १ प्याकेट, आयो नुन १ केजी, नुहाउने साबुन, लुगा धुने साबुन, टाइचिन चिउरा १ पोका वितरण गरेका हुन् ।

तपाईको प्रतिक्रिया