चितवन । शनिबार दिउँसो पौने दुई बजेको समयमा काठ तस्करी भइरहेको सूचनामा आधारमा इलाका प्रहरी कार्यालय रत्ननगरबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा खटिएको टोलीले अवैध सालको काठसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले कालिका नगरपालिका ६ स्थित पाख्रिनटोलमा बस्ने ३८ वर्षीय सन्तवीर पाख्रिनको घर पछाडि गोठजस्तो देखिने गोदामबाट विभिन्न साइजको ६७.१५ क्युफिट सालको काठ बरामद गरेको हो । प्रहरी टोलीले बाबु भनिने सन्तवीर पाख्रिनलाई पक्राउ गरी थप अनुसन्धान र कारबाहीको लागि निज पाख्रिन र बरामद काठ जिल्ला वन कार्यालय चितवनलाई बुझाउने तयारी भइरहेको इप्रका टाँडीले जनाएको छ ।

तपाईको प्रतिक्रिया