चितवन । चितवनमा शनिबार कोरोना भाइरसको रोकथामका लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने ३८ जनासहित ११ सवारी कारबाहीमा परेका छन् ।
लकडाउनको आज १२औँ दिनमा आइपुग्दा घर बाहिर निस्कने मानिसको संख्यामा भने कमी आएको छ ।
शनिबार साँझ ७ः४५ बजेसम्म लकडाउन उल्लंघन गर्ने १० मोटरसाइकल र एउटा कारलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको थियो । त्यपछि क्रमैसँग होल्ड कारबाही गरी छाडिएको प्रहरीले जनाएको छ ।
लकडाउन उल्लंघन गरी घर बाहिर निस्कनेमा १६ महिला र २२ पुरुष गरी जम्मा ३८ जना रहेका थिए ।
लकडाउन उल्लंघन गर्ने सवारी र मानिसलाई सम्झाइबुझाइ गरी अतिआवश्यक कामबाहेक घर बाहिर ननिस्कने शर्तमा छाडिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।
प्रहरीले आइतबारदेखि लकडाउन झनै कडा पार्ने जनाएको छ ।















