-रवि रोषी
चितवन । रत्ननगर नगरपालिकाको वडा नं १३ मा कोरोना नियन्त्रणको लागि विषादी छर्ने पहिलो चरणको कार्य सम्पन्न भएको छ ।

वडाध्यक्ष चित्रबहादुर भण्डारी, वडा सदस्य अजित चौंरेल, वडा सदस्य हुकुम सूयेल, नेकपा १३ का अध्यक्ष सन्तोष घिमिरे, सीता अधिकारीलगायत विभिन्न सामाजिक व्यक्तित्वहरुको प्रत्यक्ष निगरानीमा विषादी छर्ने कार्य सम्पन्न भएको हो ।

कोरोना भाइरसको संक्रमणले विश्व आक्रान्त भएको अवस्थामा नगरवासीको जीवनरक्षाको लागि आफूले पनि सचेतनासहितको सुरक्षा नीति लिनु अहिलको अपरिहार्यता हो भन्दै अध्यक्ष भण्डारीले रत्ननगर नगरपालिकाको वडा नं १३ मा पहिलो चरणमा हरेक गाउँ, टोल, सहरमा विषादी छर्ने कार्य भएको बताए ।

यसको अलावा लकडाउन जारीको कारणले दैनिक श्रम गरेर खानुपर्ने अति गरिबीको रेखामुनिका विपन्न परिवारलाई टोल टोलबाट अभिलेख उठाउँदै शीघ्र राहत सामग्री वितरण गर्ने लक्ष्य पनि रहेको अध्यक्ष भण्डारीले बताए ।

तपाईको प्रतिक्रिया