चितवन । पूर्वी चितवनको पिठुवाबाट एक युवाको कोरोना भाइरसको स्वाब परीक्षणको लागि आइतबार नमुना काठमाडौँको टेकु अस्पताल पठाइएको छ ।

रत्ननगर-१४, पिठुवास्थित गुन्जमान सिंह अस्पतालमा स्थापना गरिएको अस्थायी कोरोना आइसोलेसन केन्द्रमा उपचार गराउन आएका ३२ वर्षीय युवाको कोरोना भाइरस परीक्षणको लागि नमुना पठाइएको हो ।

कोरोना भाइरस संक्रमणको आशंकामा ती युवाको स्वाब परीक्षणको लागि नमुना पठाइएको अस्पतालका प्रशासक मोहन खड्काले जानकारी दिए । तीन दिनदेखि ज्वरो आएका ती युवालाई ज्वरोसँगै र सुख्खा खोकी रहेकोले परीक्षणको लागि पठाइएको उनले बताए ।

उनले तीन दिनपछि रिपोर्ट आउने जानकारी दिए । स्थानीय उद्योगमा कार्यरत ति युवा अहिले आइसोलेसन केन्द्रमा रहेका छन् । सो अस्थायी कोरोना आइसोलेसन केन्द्रबाट अहिलेसम्म पाँज जना बिरामी सेवा लिएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया