-अजित अधिकारी
चितवन । विश्व यतिबेला कोभिड १९ अर्थात कोरोना भाइरसबाट आक्रान्त बनिरहेको समयमा आपत्कालीन अवस्थामा रगतको अभाव हुन नदिन विभिन्न संघसंस्थाहरुले मानवीय सेवा प्रदान गर्ने उद्देश्यका साथ माडीमा रक्तदान कार्यक्रमहरु आयोजना गरिएको छ ।

उपचारको क्रममा रगतको अभावमा कोही कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको नेपाल रेडक्रस सोसाइटी बघौडाका सभापति भागिरथ बस्यालले बताए ।

आज माडीमा भएको रक्तदान शिविरमा ६ महिलासहित ८५ जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।

६४औँ पटकसम्म रक्तदान गर्दै आएका नेपाल रेडक्रस सोसाइटी बघौडाका सभापति भागिरथ बस्यालले रक्तदान गरी कार्यक्रमको सुरुवात गरिएको थियो ।

अहिले महामारीको रुपमा रहेको कोभिड १९ लाई लक्षित गरी सरकारको नियमानुसार उच्च सतर्कका साथ नेपाल रेडक्रस सोसाइटी बघौडा उपशाखा र माडी जेसिजको आयोजना तथा क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरको प्राविधिक सहयोगमा रक्तदान शिविरको आयोजना गरिएको हो ।

तपाईको प्रतिक्रिया