चितवन । कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने ६ जनासहित ९९ सवारीलाई कारबाही गरिएको छ ।

आज लकडाउनको १४औँ दिन ६२ मोटरसाइकल, २६ स्कुटी, ६ स्कार्पियो, एक ट्रक र ४ थान साइकललाई होल्ड कारबाही गरेर साँझ ८ बजेपछि क्रमैसँग छाडिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

निज मानिसहरुका सम्बन्ध आवश्यक छानबिनपश्चात सम्झाइबुझाइ अतिआवश्यक कामबाहेक लकडाउन अवधिभरि अटेरीगरी घर बाहिर नहिँड्ने शर्तमा छाडिएको हो ।

सरकारले लागू गरेको दोस्रो चरणका लकडाउन २५ गते सकिँदैछ भने पुनः तेस्रो चरणको लकडाउन वैशाख ३ गतेसम्म लम्ब्याउने आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया