चितवन । पूर्वी चितवनको रत्ननगर १४ पिठुवाका ३२ वर्षीय युवाको कोरोना भाइरसको स्वाब परीक्षणको रिर्पोर्ट नेगेटिभ आएको छ । ज्वरो र सुख्खा खोकी लागेका ती युवाको स्वाब परीक्षणको लागि आइतबार नमुना टेकु अस्पताल पठाइएको थियो ।

ज्वरो र खोकीले थलिएका ती युवाको चार दिनदेखि गुञ्जमान सिंह हस्पिटलमा निर्माण गरिएको अस्थायी कोरोना आइसोलेसन केन्द्रमा उपचार भइरहेको थियो । रत्ननगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले पिठुवाको आइसोलेसन केन्द्रबाट कोरोना परीक्षणको लागि नमुना पठाइएको युवाको रिर्पोट नेगेटिभ आएको जानकारी दिए ।

त्यसैगरी, सौराहामा तरकारी पसल सञ्चालन गरिरहेका एक मुस्लिम परिवारका शंकास्पद तीन सदस्यहरुको कोरोनाको स्वाब परीक्षणको लागि नमुना पठाइएको छ । उनीहरुको रिपार्ट आज मंगलबार आउने स्वास्थ्य प्रमुख पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया