चितवन । चितवनमा एक पुरुषको शव शंकास्पद अवस्थामा फेला परेको छ । खैरहनी नगरपालिका वडा नम्बर ९ स्थित नेपाल ग्यास कम्पनीको हाताभित्र आइतबार एक पुरुषको शव फेला परेको हो ।

उद्योगभित्र भौतिक संरचनाको काम भइरहेको र त्यसको लागि ठेकदारमार्फत काम गर्न आएका बारा जिल्ला फेटा गाउँपालिका वडा नम्बर ३ घर भएका वर्ष ४६ को शखिचन महराको शव फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको प्रकृति हेर्दा हत्या भएको प्रहरीले आशंका गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया