चितवन । चितवनको भरतपुरस्थित प्रदर्शनीस्थलमा रहेको कोरोना विशेष (अस्थायी) अस्पतालमा भर्ना भएका बिरामीमध्ये ६४ जना आज डिस्चार्ज भई घर फर्केका छन् ।

कोरोना अस्पतालबाट सेवा लिने २९५ सेवाग्राहीमध्ये ८४ जना भर्ना भएका थिए ।

अस्पतालले दिएको जानकारीअनुसार मंगलबार बिहानसम्म कोरोना परीक्षणका लागि अस्पतालमार्फत ९६ जनाको नमुना संकलन गरिएको थियो । जसमा ७९ जनाको रिपोर्टमा कोरोना संक्रमण नभेटिएको अस्पतालले जनाएको छ ।

यही चैत ७ गतेबाट उपचार सेवा सुरु गरेको अस्पतालले सोमबारदेखि नमुना संकलन गरेर चितवनमै स्थापित परीक्षण प्रयोगशालामा पठाउँदै आएको छ । यसअघि हेटौँडा र काठमाडौँस्थित टेकु अस्पताल पठाउने गरेको थियो ।

तपाईको प्रतिक्रिया