चितवन । चितवनको भरतपुरस्थित प्रदर्शनीस्थलमा रहेको कोरोना विशेष (अस्थायी) अस्पतालमा भर्ना भई भरतपुरमा स्थापना भएको कोरोना परीक्षण प्रयोगशालाबाट परीक्षण गरिएका २१ वटा नमुनाको रिपोर्ट नेगेटिभ आएको छ ।

सोमबार पहिलो दिन भरतपुर कोरोना अस्पतालका १६, गुञ्जमान अस्पतालको एक र समुदायबाट ४ गरी २१ वटा नमुनाको परीक्षण भएको थियो । प्रयोगशालामा मंगलबार पनि नमुना संकलन भइरहेको छ ।

भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमार्फत हरेक दिनको नमुनाको परीक्षण गरिने प्रयोगशाला निर्माण उपसमितिका संयोजक डा कृष्णसागर शर्माले बताए । सबै अस्पतालबाट नमुना संकलन भइसकेपछि प्रयोगशाला पठाइने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया