चितवन । भरतपुर अस्पतालको ५७ औ वार्षिकोत्सवको अवसरमा श्री मेडिकल एण्ड टेक्निकल कलेज भरतपुरले २५ वटा व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) सहयोग गरेको छ ।

कलेजका कार्यकारी अध्यक्ष सरोज ढकालले सम्भावित कोरोना भाइरसका जोखिम हुन नदिन ती सामग्री सहयोग गरेको र ती सामग्री मूल्य रु १ लाख ९७ हजार ५००मा खरिद गरिएको बताए ।

कलेजका छात्र/छात्राको प्रयोगात्मक कक्षा सो अस्पतालमा हुने गर्दछ । सो कलेजमा प्रविणता प्रमाणपत्र तह र स्नातक तहका स्वास्थ्यसंग सम्बन्धित विषयमा अध्ययन हुने गर्दछ ।

अस्पतालमा प्रयोगात्मक कक्षामा सहभागी भएवापत वार्षिकरुपमा सबैभन्दा बढी रकम बुझाउने पनि सोही कलेज हो । सो भाइरसको जोखिम हुन नदिन अस्पताललाई विभिन्न संघसंस्थाहरुले सहयोग गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया