चितवन । चितवनमा सरकारले लागू गरेको लकडाउनको १६औँ दिनमा लकडाउन उल्लंघन गर्ने ३४ सवारी र २० व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय चितवनले कारबाही गरेको छ ।

उनीहरुलाई बुधबार जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइले विभिन्न स्थानहरुबाट नियन्त्रणमा लिएर होल्ड कारबाही गरेको हो ।

कोरोना भाइरस (कोभिड १९)को रोकथामका लागि सरकारले कलडाउन लागू गरेको हो । बुधबार लकडाउन उल्लंघन गर्नेहरुमा २१ मोटरसाइकल, १३ स्कुटर र २० जना पैदलयात्री रहेको प्रहरीले जनाएको छ ।

अनावश्यकरुपमा लकडाउन उल्लंघन गरी घर बाहिर निस्किएका उनीहरुलाई साँझ ७ बजेपछि सचेत गराएर छाडिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।

पछिल्ला केही दिनयता लकडाउन उल्लंघन गर्नेको संख्यामा भने कमी आएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया