चितवन । प्रभात दिदी-बहिनी बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यहरुको समस्यालाई मध्यनजर गर्दै आफ्नो सेवा सञ्चालनमा ल्याएको छ ।

सरकारले देशभर लकडाउन गरेसँगै सेवा बन्द गरेको संस्थाले सदस्यहरुको मागअनुसार बिहान ११ बजेबाट दिउँसो १ बजेसम्म सेवा सञ्चालन गरेको अध्यक्ष विमला न्यौपाने ज्ञवालीले बताइन् । उनले कार्यालय पूर्णसमय सञ्चालन नभए पनि शेयर सदस्यहरुको समस्यालाई मध्यनजर गरेर सेवा सञ्चालन गरिएको बताइन् ।

सो सहकारीले चैत मसान्तमा व्याज बुझाउने सदस्यहरुलाई व्याजको १२ प्रतिशत छूट दिने भएको छ । सरकारले बैंकहरुलाई छूट दिन भनेपछि सहकारीले पनि सोहीअनुसारको छूट दिने भएको संस्थाकी सचिव साधना पोख्रेलले बताइन् ।

सचिव पोख्रेलले लकडाउनको अवस्थामा किस्ता र व्याज तिर्न दबाब नदिइने तर व्याज तिर्नेलाई व्याजको १२ प्रतिशत छूट दिने निर्णय गरिएको बताइन् ।

यस सहकारीले आफ्ना सदस्यहरुको हितलाई ध्यानमा राखी १६ प्रकारका बचत र ७ प्रकारका ऋणहरु उपलब्ध गराउँदै आएको छ । हाल ऋणको सीमा २५ लाखसम्म उपलब्ध गराएको छ । यस सहकारीको मुख्य कार्यालय भरतपुर १२ मालपोतचोक अगाडि रहेको छ भने शरदपुर, लक्ष्मीपुर र कालिका नगरपालिकाको शक्तिखोरमा सेवा केन्द्र सञ्चालन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया